IME Life New

सूर्या लाइफ इन्स्योरेन्समा विवेक झाको प्रवेशसँगै शेयर बजारमा चहलपहल बढ्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व  सिइओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्समा संचालक नियुक्त भए लगत्तै सूर्या  लाइफ इन्स्योरेन्समा एक नयाँ र सकारात्मक खालको माहोल  सिर्जना भएको बुझ्न सकिन्छ । कम्पनीको जेठ ७ गते बिहान ११ बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो । बीमा समितिको नियम अनुसार कुनै पनि कम्पनीमा दुई कार्यकाल भन्दा बढि एकै व्यक्ति सिईओ हुन नपाउने व्यवस्था सँगै झा नेपालको सबै भन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सबाट विदा भएका थिए । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाले आफनो कार्यकालमा सबै सुचकाङ्क उत्कृष्ट राख्दै जीवन बीमाको क्षेत्रमा नेपाल लाइफलाई छुट्टै पहिचान दिलाउन सफल भएका थिए ।

झा सूर्या लाइफको संचालक समितिमा नियुक्त भए पश्चात कम्पनीको शेयर बजारमा पनि माहोल राम्रो हुँदै गएको तथ्याङ्क पाउन सकिन्छ । कारोवार रकम देखि कम्पनीको बजार मूल्यमा पनि सकारात्मक प्रभाव पर्दै गएको देखियो । यो साता जीवन बीमा कम्पनी मध्ये सूर्या लाइफको बजार मूल्य सर्वाधिक वृद्धि भएको छ । सूर्या लाइफको बजार मूल्य  यो साता १४ प्रतिशतले  वृद्धि भएको छ । अघिल्लो साता प्रति कित्ता ९०४ मा बन्द भएको सूर्या लाइफको बजार मूल्य प्रति कित्ता १३० रुपैयाँले वृद्धि  हुँदै यो साता बजार मूल्य १०३४ मा बन्द भएको छ ।

Esewa
Crest

संचालकमा झा नियुक्त  हुने वित्तिकै दोश्रो बजारमा कारोवार रकममा उछाल आएको छ। संचालक पदमा  झा शुक्रबार नियुक्त भएकोमा त्यसको अघिल्लो कारोवार दिन ४ करोडको शेयर कारोवार भएकोमा झा संचालक समितिमा नियुक्त  भए पश्चात कारोवार रकम एकै दिन १५ करोड पुगेको थियो।  त्यस्तै सोमबार कारोवार रकम २४ करोड र मंगलबार कारोवार रकम २९ करोड पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS