IME Life New

सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा माघ ५ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा माघ ५ गते बोलाएको छ । उक्त सभा होटल ह्यारिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे हुने भएको छ। सभामा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ । साथै, बोनस शेयर जारी गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि अघि बढाउने भएको छ।

Esewa
Crest

त्यस्तै, कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ६० प्रतिशत र सर्वसाधारण हिस्सा ४० प्रतिशत बनाउन लागेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुनेछ । जसका कारण पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS