IME Life New

उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै सकियो सुर्यज्योतिको सेल्स कन्भेन्सन तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्राबिधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिबृद्धी तथा उत्प्रेरणामुलक तालिम सम्पन्न गरेको छ । देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउनुहुने करिब ३०० जना कर्मचारीहरुको उपस्थितिमा उक्त तालिम संचालन गरिएको थियो । उक्त सेल्स कन्भेन्सन कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए। साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सन्चालनमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए । कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड ,५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यलय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृस्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

Esewa
Crest

यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनिती सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रबिधी मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप उर्जावान भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए । साथै कर्मचारीको दक्षता अभिबृद्धी गर्नु नै कम्पनिको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनिका प्रमुख कार्यकारी अधिकृत खत्रीले व्यक्त गरे।

कर्मचारीको प्रगती र हितको लागि सदैव आफु लगायत सन्चालक समिती सकारात्मक रहेको साथै मेहनत र लगनशिल भई कर्म गर्दै गए अवश्य सफलता प्राप्त हुने कम्पनिका सन्चालक नन्द किशोर शर्माले बताए ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आई एस ओ ९००१स्२०१५ बाट सम्मानित भैसकेको छ । हाल कम्पनिको चुक्ता पूँजी ४.५४ अर्ब रहको र कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS