IME Life New

सूचना प्रविधिकाे बढ्दाे प्रयाेगले बीमा क्षेत्रकाे पारदर्शितामा प्राेत्साहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । बीमा सेवामा सूचना प्रविधि र विद्युतीय माध्यमकाे प्रयाेग क्रमशः बढ्दै जाँदा सेवामा द्रूततासँगै पारदर्शितालाई समेत प्राेत्साहन मिलेकाे छ। निर्जीवन बीमा कम्पनीले स्वास्थ्य बीमा याेजना अन्तर्गत नगद रहित भुक्तानी सेवा प्रदान गरेसँगै बीमितले अस्पतालकाे खर्च भुक्तानी गर्नुपर्दा नगद जाेहाे गर्न टाउकाे कन्याउनुपर्ने अवस्था बिस्तारै हट्दैछ।

यसैगरी बीमालेखकाे प्रस्ताव फारम भर्ने र विद्युतीय माध्यमबाट नै जाेखिमा‌ंकन गर्ने र विद्युतीय माध्यम(डिजिटल) बाट नै बीमालेख जारी गर्ने सेवा समेत शुरू भइसकेका छन् । यस्ताे सेवा जीवन बीमा कम्पनीकाे तुलनामा निर्जीवन बीमा कम्पनीले धेरै प्रयाेगमा ल्याएका छन् । जीवन बीमा कम्पनीहरू पनि क्रमशः प्रविधि मैत्री सेवा शुरू गर्न चासाे देखाउन थालेका छन् ।

Esewa
Crest

सूचना प्रविधिकाे प्रयाेग बढ्दै गए पनि बीमालेखकाे बिक्री वितरण र बिक्री पछिकाे सेवाका लागी अभिकर्ताहरूकाे भूमीकालाई अस्वीकृत गर्न सकि‌ंदैन । अभिकर्तालाई सूचना प्रविधिकाे प्रयाेगमा अभ्यस्त बनाएर बीमितसम्म अझ छिटाे छरिताे सेवा प्रवाह गर्नेतर्फ बीमा कम्पनीहरुकाे ध्यान जानु जरुरी छ।

सूचना प्रविधि मैत्री सेवाले बीमितलाई पनि उपयुक्त बीमालेख छनाैट गर्न, बीमाशुल्क गणना गर्न, आफूले प्राप्त गर्ने बाेनश रकम, अप्रत्याशित कारणले बीमालेख समर्पण गरि हाल्नुपरे प्राप्त गर्न सकिने भुक्तानी, कर्जा याेग्य भएकाे बीमालेखमा आफूले प्राप्त गर्न सक्ने कर्जा सुविधावापतकाे रकम र कर्जाकाे ब्याजकाे गणना समेतकाे जानकारी बीमितले प्राप्त गर्न सक्छन् । यस्ताे जानकारीहरु बीमितले सहजै प्राप्त गर्न सक्दा बीमा कम्पनी र बीमा प्रति समेत बीमितकाे विश्वास बढ्दै जानेछ।

विद्युतीय माध्यम र डिजिटल एप्सकाे प्रयाेग बढ्दै जाँदा वार्षिक बीमाशुल्क किस्ता तिरेर मात्र म्यादी बीमा वा स्वास्थ्य बीमालेख खरिद गर्नुपर्ने अवस्थाबाट दैनिकरुपमै बीमाशुल्क भुक्तानी गरेर समेत बीमालेख खरिद गर्न सकिने सुविधा पनि क्रमशः बीमितले प्राप्त गर्दै जानेछन् ।

बीमा प्राविधिक विषय पनि भएकाले सूचना प्रविधिकाे उच्चत्तम प्रयाेग भइसक्दा पनि बीमाबारे बुझाउन र विश्वस्त तुल्याउनका लागी नेपालजस्ताे मुलुकमा बीमा अभिकर्ताकाे सकृय भूमीका आवश्यक हुनेछ। शैक्षिक अवस्था, जनचेतना, बीमाकाे लाभबाट लाभान्वित जनसंख्या लगायतका कारणले अभिकर्तालाई माध्यमकाे रुपमा प्रयाेग गर्नैपर्छ।

अभिकर्ताहरुकाे दक्षता अभिवृद्धिमा जोड दिँदै बीमालेखहरुकाे वितरण सुधार गर्न बिक्री पूर्वकाे सेवा, बिक्रीकाे क्रमकाे सेवा र बिक्री पछिको सेवामा  डिजिटल आविष्कारहरूकाे प्रयोग गर्न सकिन्छ । बीमितलाई सबै बीमालेखबारे जानकारी प्राप्त गर्न र बीमककाे वेबसाइट वा एप्समार्फत् नै बीमा दाबी पेश गर्न, बीमाशुल्क भुक्तानी गर्न सहज बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS