IME Life New

सुस्त बन्यो विश्वकै ठूलो अर्थतन्त्र, मन्दीको संकेत !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा १४ वर्षमा सबैभन्दा खराब अवस्था छ। कोरोना महामारीको समयमा अमेरिकी अर्थतन्त्र अहिलेको अवस्थाजस्तो थिएन।

अमेरिकाको पछिल्लो तथ्यांकअनुसार देशको अर्थतन्त्र सुस्त बन्दै गएको छ। यसैलाई ध्यानमा राख्दै फेडरल रिजर्भले अर्को साता हुने नीतिगत बैठकमा ब्याजदर २५ आधार विन्दुले घटाउन सक्नेछ। अमेरिका विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएकोले मन्दी आएमा सम्पूर्ण विश्वलाई असर गर्न सक्छ।

Esewa
Crest

पछिल्लो ३ महिनामा अमेरिकामा साना कम्पनीको आम्दानीमा ३७ प्रतिशतले गिरावट आएको तथ्यांकले देखाएको छ। यो सन् २०१० यताकै उच्च हो। सन् २०२० को कोरोनाकालमा पनि यस्तो भएको थिएन। त्यसपछि त्रैमासिक रुपमा ३५ प्रतिशत साना कम्पनीको नाफा घटेको छ।

बढ्दो श्रम र भौतिक लागत र घट्दो बिक्रीले कम्पनीहरुको आम्दानीलाई असर गरेको छ। हालसालै साना कम्पनीहरुको बिक्री क्षमता ४ वर्षयताकै न्यून स्तरमा झरेको छ। अमेरिकामा साना कम्पनीहरु संघर्ष गरिरहेका छन् किनकि देशको अर्थतन्त्र मन्दीको संघारमा रहेको छ।
अमेरिकामा ३.३ करोड साना कम्पनी छन् र उनीहरुको देशको अर्थतन्त्रमा ४४ प्रतिशत हिस्सा छ। यी कम्पनीमा ६.१७ करोड मानिस काम गर्छन्। जुन कुल निजी क्षेत्रको ४६.४ प्रतिशत हो।

अमेरिकामा वर्षको पहिलो ८ महिनामा ४५२ ठूला कम्पनीहरु टाँट पल्टेका छन्। यो पछिल्लो १४ वर्षमा दोस्रो उच्च संख्या हो। सन् २०२० मा कोरोना महामारीको चपेटामा परेपछि लकडाउनका कारण वर्षको पहिलो ८ महिना अर्थात अगस्टसम्म ४६६ कम्पनी टाँट पल्टेका थिए। यस वर्षको अगस्टमा ६३ कम्पनी बन्द भएका छन् भने जुलाईमा ४९ कम्पनी बन्द भएका थिए।

पछिल्लो ४ वर्षमा अमेरिकी उद्योगका लागि अगस्ट चौथो सबैभन्दा खराब महिना रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS