IME Life New

सुर्या लाइफद्वारा सुनारको परिवारले पाए मृत्यु दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय लम्किले मृत्य दाबी भुक्तानी प्रदान गरेको छ । लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर भएकी मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनारलाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो ।

उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल ,लम्की शाखा प्रमुख सुरेश जैसी ,टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर भरत कुमार कामीले हस्तान्तरणगरेका हुन् ।

Esewa
Crest

बीमित रत्ना सुनारको असामहिक निधन पछि निजका छोराले मृत्यु दाबी गर्दा कम्पनीले सो रकम भुक्तानी गरेको हो ।बीमित सुनारले २ लाख ५० हजार को जीवन बीमा गरेकोमा प्रथम बीमा सुल्क २५६४२ रुपैयाँ जम्मा गरेका थिय ।

कार्यक्रममा कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल,लम्की शाखा प्रमुख सुरेश जैसी,टिकापुर शाखा प्रमुख धन सिंह धामी,वरिष्ठ एजेन्सी म्यानेजर दुर्गा भट्ट रावल,एजेन्सी म्यानेजर राधिका तिमिल्सेना,भरत कुमार कामी लगायत अभिकर्ता हरुको सहभागितामा चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा एरिया म्यानेजर रबिन्द्र हमालले मानव जीवन अनिश्चित रहेको र भबिस्य जोखिमले भरिएकोले हाम्रो अनमोल जिवनमा आउने विभिन्न जोखिमको क्षेति न्यूनीकरण का लागि बीमा अत्यावश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS