IME Life New

सुरक्षा परिषदले सार्वजनिक गरेको नयाँ प्रतिबन्ध सूचीलाई वेबसाइटमा राख्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्र स‌ंघीय सुरक्षा परिषदले जारी गरेको प्रतिबन्ध सूची( स्यान्ङ्गसन लिष्ट ) लाई आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गर्न सबै बीमा कम्पनीलाई निर्देशन जारी गरेको छ। प्राधिकरणले राष्ट्र स‌ंघीय सुरक्षा परिषद्ले फेब्रुअरी २० तारेखमा सार्वजनिक गरेको नयाँ सूचीलाई वेबसाइटमा समावेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणको नियमन तथा संस्थागत सुशासन शाखाबाट ५८६ नम्बरको पत्र संख्यामार्फत् सबै बीमकलाई सम्बोधन गरिएको गत बिहीबारको परिपत्रमा युएनएससिआर १५३३( २००४) अन्तर्गत थप गरिएको व्यक्ति तथा संस्थागत नामावलीलाई प्राधिकरणको वेबसाइटमा अपलोड गरिएकोमा सोको लिङ्कलाई आ आफ्नो वेबसाइटमा समेत राखी लिखितरुपमा प्राधिकरणलाई जानकारी गराउन निर्देशन दिइएको छ।

Esewa
Crest

यस पटक थप गरिएको नामावलीमा अफ्रिकी मुलुक रुवाण्डा र कंगोको सैनिक अधिकारी तथा उच्च पदस्थ राजनीतिज्ञ समेत जम्मा चार जनाको नामावली समावेश गरिएको छ। अवैध मुद्रा निर्मलीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रणका लागि संयुक्त राष्ट्र संघले विश्वभर रहेका आफ्नो प्रतिनिधि कार्यालयबाट प्राप्त प्रतिवेदनका आधारमा आतंककारी गतिविधमा संलग्न भनि पहिचान गरिएका व्यक्ति तथा संस्थालाई सुरक्षा परिषद्को बैठकबाट स्वीकृत गराई निगरानीको सूचीमा समावेश गर्दै आएको छ। यस्तो सूचीमा परेका व्यक्तिसँग वित्तीय कारोबार गर्नका लागि राष्ट्र संघको सदस्य राष्ट्रहरुलाई बन्देज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS