IME Life New

‘सुपर एज्ड सोसाइटी’ बनेको यो देश, कसरी गरिन्छ आयुको हिसाबले देशको वर्गीकरण ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरिया अब आधिकारिक रुपमा ‘सुपर एज्ड सोसाइटी’मा परिणत भएको छ। यो देशको जनसंख्याको २० प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका छन्।

त्यहाँको गृह मन्त्रालयका अनुसार दक्षिण कोरियाले तीव्र रुपमा वृद्ध जनसंख्या र कम जन्मदरको जनसांख्यिकीय संकटको सामना गरिरहेको छ। एक प्रतिवेदनअनुसार गत सोमबारसम्म ६५ वर्ष वा सोभन्दा माथिका दक्षिण कोरियाली मानिसको संख्या १ करोड २ लाख ४० हजार छ। जुन देशको कुल ५१.२२ करोड जनसंख्याको २०.० प्रतिशत हो।

Esewa
Crest

संयुक्त राष्ट्रसंघले ती देशलाई एजिङ सोसाइटीका रुपमा वर्गीकृत गर्दछ, जहाँ जनसंख्याको ७ प्रतिशतभन्दा बढी ६५ वर्ष वा माथिका छन्। जनसंख्याको १४ प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेर भएका देशलाई एज्ड सोसाइटीका रुपमा वर्गीकृत गरिन्छ।

त्यस्तै जनसंख्याको २० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेर भएका देशलाई सुपर एज्ड सोसाइटीका रुपमा वर्गीकृत गरिन्छ।

दक्षिण कोरियामा यो उमेर समूह विस्तारै पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। यो सन् २००८ मा ४९ लाख ४० थियो। सन् २००८ मा यो जनसंख्याको १० प्रतिशत थियो। जुन २०१९ मा १५ प्रतिशतभन्दा बढी बढ्यो र यो वर्ष जनवरीमा १९.०५ प्रतिशत पुगेको छ।

सोमबारसम्ममा यो उमेर समूहमा महिलाको संख्या ५६ लाख ९९ हजार रहेको छ भने पुरुषको संख्या ४५ लाख ४४ हजार रहेको छ।

दक्षिण जिओला प्रान्तमा यस उमेर समूहको जनसंख्या २७.१८ प्रतिशत थियो। यो देशका प्रमुख क्षेत्रहरुमा उच्च थियो। केन्द्रीय सहर सेजोङमा यो उमेर समूहको हिस्सा सबैभन्दा कम ११.५७ प्रतिशत थियो । सियोलमा यस उमेर समूहको जनसंख्या १९.४१ प्रतिशत थियो।

विज्ञप्तिमा मन्त्रालयका अधिकारीहरूले जनसंख्या केन्द्रित मन्त्रालय स्थापना गरेर आधारभूत र व्यवस्थित प्रतिक्रिया उपायहरूको तत्काल आवश्यकता रहेको बताएका छन्। दक्षिण कोरियाले आफ्नो जनसांख्यिकीय संकटलाई सम्बोधन गर्न जनसंख्या रणनीतिको नयाँ मन्त्रालय सुरु गर्ने योजनाको अनावरण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS