IME Life New

सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमवार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले निष्काशन गर्न लागेको कुलमध्ये जारी पूँजीको ० दशमलव ५० प्रतिशत अर्थात ६ हजार ८२ कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै ५ प्रतिशत शेयर अर्थात १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाड गरी बाकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

कम्पनीको उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओ एनपी डबल बी माइनस रेटिङ पाएको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ ।

आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त आइपीओमा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, कम्पनीको वेभसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सबै सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

हाल संस्थापक समुहको ६७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीको चुक्तापूँजी ८ करोड २१ लाख ८ हजार रहेको छ । कम्पनीमा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुको पूँजी लगानी गरेको छ । कम्पनीले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ ।

विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थ कर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि व्यवसायिक कारोबार सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS