IME Life New

सिवाईसी नेपालको नाफा १०९%ले वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै आइपीओ निष्काशन गरिरहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०९ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षमा कम्पनीले ४ करोड ७७ लाख नाफा कमाएको थियो । चालु आर्थिक वर्षको यस अवधिमा कम्पनीले ९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको छ ।

Esewa
Crest

कम्पनीको चुक्तापूँजी रू। ८ करोड २१ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ३० करोड ४ लाख सञ्चित गरेको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ४६ करोड सापटि लिएर,१ अर्ब २६ करोड निक्षेप संकलन गरेर ३ अर्ब ३७ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS