IME Life New

सिभिल होम्सले बेच्यो १ हजार १ घरहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल ग्रुप अफ कम्पनी अन्तर्गतको सिभिल होम्सले आफ्ना १ हजार १ घरहरु ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो १८ औं बर्षमा आफ्ना घरहरु १ हजार १ जना ग्राहकलाई हस्तान्तरण गर्न सफल भएको हो ।

सिभिल होम्स्ले संचालन गरेका परियोजनाको स्थिति

Esewa
Crest

सिभिल होम्स्ले भैसेपाटीमा संचालनमा ल्याएको पहिलो परियोजनामा २४ रोपनी जग्गामा ५२ वटा घरहरु निर्माण गरी २१ देखि ३१ लाखको मूल्यमा सम्बन्धीत घर खरिदकर्तालाई हस्तान्तरण गरिसकेको छ । ७५ रोपनी जग्गामा बनेका दोस्रो परियोजनाका १२३ वटा घरहरु पनि हस्तान्तरण भइसकेका छन् । उता नेपालकै सबभन्दा सुन्दर र व्यवस्थित वस्तीका रुपमा चिनिएको फेज–३ सुनाकोठीमा १२७ रोपनी जग्गामा बनेका १९७ वटा घर पनि सम्बन्धीत खरिदकर्तालाई हस्तान्तरण गरिसकिएको छ । १९ रोपनी क्षेत्रफलमा बनेका कोलोनी–१ सुनाकोठीका ७२ वटा घर विधिवत हस्तान्तरण भै सकेका छन् भने सिटी वस्ती परियोजना फेज–६ खुमलटारमा बनेका ७२ वटा घरहरु पनि हस्तान्तरण भईसकेका छन् ।

सिभिल होम्स् फेज–४ धापाखेल, फेज–७ सितापाइला र फेज–९ गोदावरीका घर विक्री र निर्माणकार्य द्रुत रुपमा हुँदै रहेको अवस्था छ । १३५ रोपनी क्षेत्रफलमा अवस्थित फेज–४ धापाखेलमा बन्ने २४४ वटा घर मध्ये (अपार्टमेन्ट सहित) २४० घर विक्री भैसकेका छन् भने फेज–७ सितापाइलामा ४५ रोपनीमा बन्ने १०८ घरमा ६६घर विक्री भइसकेका छन् । गएको वर्ष शुभारम्भ गरिएको फेज–९ गोदावरी परियोजना ४२रोपनी७ आना क्षेत्रफलमा रहेको छ । यस परियोजनामा बन्ने १०७ घरमध्ये ४६घर हाल विक्री भैसकेका छन् । विक्री भैसकेका घरहरु धमाधम निर्माणको अवस्थामा छन् ।त्यसैगरी ६ रोपनी जग्गामा वनेको सुन्धारा स्थित सि.टी.सी. मलमा रहेको २८४ युनिट मध्ये १६९ युनिट विक्री भइसकेका छन् ।

सिभिल  होम्सका चुनौती र सम्भावनाहरु

सिभिल  ग्रुप आफ्नै उचाइमा उभेको छ । वि.सं २०५७ मा स्थापित यस संस्थाले मुलुक र मुलुकवासीको सेवामा आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निभाउँदै आएको सवैले देखेकै र अनुभव गरेकै पक्ष हो । हाउजिङ्ग क्षेत्रमा पहिलो पटक क्ष्क्इ प्रमाणपत्र प्राप्त गर्न सफल सिभिल होम्स् घर खरिद कर्ताको पहिलो रोजाइमा रहेको पाउदा हामीलाई गर्व लाग्नु स्वभाविकै हो । व्यवस्थित घर निर्माणको यस अन्तरालमा यस कम्पनीले १००१ घर निर्माण गरी घर खरिद कर्तालाई हस्तान्तरण समेत गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS