IME Life New

सिभिल लघुवित्तद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले २०७९ आषाढ २१ गते आफ्नो स्थापनाको १०औं वर्ष पुरा गरी ११औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

वित्तीय संस्थाले स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, समुदायमा डस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी १०औं वार्षिकोत्सव मनाएको हो ।

Esewa
Crest

वित्तीय संस्थाको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको ढुंखर्कमा दांत तथा महिला स्वास्थ्य शिविर सञ्चालन गरेकोमा उक्त कार्यक्रमबाट करिब १५० जना लाभान्वित भएका छन् । यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्यनरत करिब ७०० जना छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । यसै क्रममा संस्थाले रुपन्देही जिल्लाको कञ्चल गाउँपालिकामा डस्टबिन वितरण तथा सरसफाई कार्यक्रम समेत आयोजना गरेको छ ।

वित्तीय संस्थाले स्थापना भएको दश वर्षको अवधीमा देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालय मार्फत करिब ७० हजार घरपरिवारमा लघुवित्त सेवा पुर्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS