IME Life New

सिभिल बैंकद्धारा बेगनास तालका डुंगा व्यवसायीलाई क्युआर कोड वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले उक्त कार्यको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए ।

Esewa
Crest

कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि बताए ।

त्यस्तै, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, चिफ विजनेस–डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोला बहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय राम कशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्राण्ड एम्बेसडर सन्दिप क्षेत्री लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको उपस्थिति थियो ।

बैंकले हाल ११५ शाखा, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS