IME Life New

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैंकको २०७८ जेष्ठ २७ गते बसेको संचालक समितिको ३४५औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियूक्त गरेको हो ।

उनले २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए । असार १८ गतेदेखि उनले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हलेका हन् ।

Esewa
Crest

नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक) मा अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडीबैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागज रहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS