IME Life New

सिभिल बैंकको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३९ दशमलव १८ प्रतिशतले घटी हो। गत वर्ष यसै अवधिमा बैंकले १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ छ । पहिलो त्रैमासमा बैंकले ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ४६ प्रतिशतले कम हो।

Esewa
Crest

बैंकको सञ्चालन नाफा पनि ३८ दशमलव ८२ प्रतिशतले घटेर १३ करोड ८२ लाख ३१ हजार रुपैयाँमा कायम भएको छ । समिक्षा अवधिमा बैंकले ६९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९९ पैसाबाट घटेर १ रुपैयाँ २१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ३३.९९ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS