IME Life New

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् । मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई संचालक समितिको अध्यक्षपदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैंकका अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्षपदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै संचालकहरुलाई धन्यवाद दिए । सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रतापजङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।

Esewa
Crest

अध्यक्ष प्रतापजङ्ग पाण्डले बैंकलाई थपप्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने तर्फ विशेष रुपमा अगाडि बढाई शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनुपर्नेमा जोड दिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS