IME Life New

सिद्धार्थ बैंकले शुरु गर्यो ग्रीन पिन सेवा, यस्तो छ सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन सेवा शुरु गरेको छ । बैंकले भाद्र १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरण मैत्री बनाउने उद्देश्यले कार्डको पिन कोड प्राप्त गर्नका लागि ग्रीन पिन सेवा सुचारु गरेकोे जनाएको छ ।

यस सुविधा संचालन पश्चात् बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सोझै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने बैंकले जनाएको छ।

Esewa
Crest

बैंकका अनुसार ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन बैंकको कुनै पनि एटिएम वा नेप्स सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्ने छन् । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउने र प्राप्त ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नो नयाँ पिन नम्बर निर्धारण गर्न सक्ने बैंकले जनाएको छ।

पिन परिवर्तन भएपछि, कार्ड सक्रिय हुने र यस पश्चात् ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पीओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नुका साथसाथै अन्य बैंकका एटिएमहरुमा पनि बिना कुनै अतिरिक्त शुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुने र केहि हद सम्म भएपनि कागजको प्रयोग कम गरी वातावरण मैत्री बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS