IME Life New

सिद्धार्थ बैंकले ल्यायो दशैं धमाका योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अगाडी बढ्दै आएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ बैंक स्मार्टमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकहरुले बैंक स्मार्टमार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् ।

कार्तिक ६ देखि मंसिर ५ गते सम्म पहिलो पटक बैंक स्मार्ट एप क्रियाशील गर्दा ५० को मोबाइल टपअप

Esewa
Crest

कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीन पटक रकम ट्रान्सफर गर्दा रु ३०० क्यास ब्याक

कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा माई फर्स्ट लेखी पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०५ क्यास ब्याक ।
थप तीन कारोबार गर्दा रु ३०० क्यास ब्याक । यस क्यास ब्याक पाउन रु ५०० वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।

कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जनालाई मोबाईल फोन उपहार प्रदान गर्ने बैंकले जनाएको छ ।

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS