IME Life New

सिद्धार्थ बैंकको यस्तो देखियो चौथो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६ ७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०६७/७७ मा बैंकको नाफा १६ करोड ४९ लाख रुपैयाँले गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ३० प्रतिशतले गिरावट आएको हो ।

असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा बैंकले २ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

बैंकको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने ८६ करोड ६४ लाख रुपैयाँ छ। जसबाट बैंकले ९ प्रतिशतसम्म लाभांश बाड्नसक्ने देखिन्छ ।

चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ९४ करोड ४६ लाख रहेको छ।

गत असार मसान्तसम्म बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप साढे २१ तथा कर्जा करिब १८ प्रतिशतले बढेको हो।

बैंकले ब्याज आम्दानी ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ गरेको छ। बैंकको सञ्चालन ३ अर्ब ६ करोडमा खुम्चिएको छ।

बैंकको वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा छ। बैंकको प्रतिशेयर आम्दानी ४।०२ रुपैयाँले घटेका हो। बैंकको खराब कर्जा अनुपात ०।७५ बाट बढेर १।५६ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६३।२२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS