IME Life New

सिद्धार्थ बैंकको अधिकांश सूचकमा उत्साहजनक प्रगति, नाफा ८९% ले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८९ दशमलव ५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३० दशमलव २५ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ८७ दशमलव २७ प्रतिशतले असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोषको आकार ३ दशमलव ८५ प्रतिशत बढेको छ। त्यसैगरी, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप १ दशमलव ४४ प्रतिशतले बढेको छ । कर्जा लगानी ९ दशमलव २३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS