IME Life New

सिद्धार्थ इन्स्योरेन्सद्धारा ८ करोड ९७ लाख ९८ हजार दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बर्षातको कारण क्षति भएको परियोजनामा बीमा वापतको दाबी रकम दिएको छ । कम्पनीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा पुर्याएको ठूलो क्षति वापत ८ करोड ९७ लाख ९८ हजार दाबी रकम हस्तान्तरण गरेको हो ।

गत २०७८ असोज ३१ देखि कार्तिक २ गते सम्मको लगातार बेमौसमी बर्षातले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारि बर्षा १२ बर्ष यताकै उच्च थियो । उक्त बर्षातको कारणबाट महाकाली नदिमा आएको बाढीले पु-याएको थियो । उक्त परियोजनाको यस बीमा कम्पनीमा ठेकेदारको सम्पूर्ण जोखिम बीमा भएकोले मूल्यांकनकर्ता बाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बीमा रकम कम्पनीले दिएको हो ।

Esewa
Crest

उक्त दाबी वापतको रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे/भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७८/७९ को हाल सम्म यस कम्पनीले ७८२८ वटा दावी फर्छयौट गरी रु. १,०७६,०२६,९४८  तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई रु.८०,०००,०००  भुक्तानी गरी जम्मा रु. १,१५६,०२६,९४८  भुक्तानी गरेको छ भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं रु.१,१६०,७६२,५९५  रहेको छ । छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप वाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हुदा वीमा दावी गर्नु हुने सम्पूर्ण वीमितहरुले दावीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS