IME Life New

सिद्धार्थ इन्स्योरेन्सको नाफामा गिरावट, बीमा शुल्क आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। सिद्धार्थ इन्स्योरेन्सको नाफामा ११ प्रतिशतको गिरावट आएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ करोड १० लाख खुद मुनाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा १६ करोड ३ लाख खुद मुनाफा गरेको छ।

Esewa
Crest

कम्पनीको अधिकांश सूचना सकारात्मक हुन नसकेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशतले घट्दै ६१ करोड १६ लाखमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६१ करोड ९६ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन घटेको हो । कूल बीमा शुल्क भने बढेको छ । अघिल्लो वर्ष एक अर्ब ३४ करोड ३३ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष एक अर्ब ४९ करोड ८१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

एक अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ८४ लाख रहेको छ भने बीमा कोषमा ७५ करोड ६६ लाख रहेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैया ३७ पैसा रहेको छ भने किताबी मूल्य  २०८ रुपैयाँ ३९ पैसा छ।  कोरोना भाइरसको कारणले गर्दा कम्पनी बन्द हुँदा सिद्धार्थ इन्स्योरेन्सको नियमित ग्राहक अन्य कम्पनीले तानेको थियो । सो कुराको प्रत्यक्ष असर वित्तीय विवरणमा देखिएको हो ।

कम्पनीले ३७ करोड २२ लाख खुद दावी भुक्तानी गरेको छ भने ८१ करोड ४३ लाख बराबरको दावी भुक्तानी हुन् बाँकी छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS