IME Life New

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन खुल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्गले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि आवेदन माग गरेको छ । कम्पनीले योग्य रहेको उम्मेदावरले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । नौ महिनादेखि कम्पनीको सिईओको पद खाली रहेको छ । यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो।

उक्त रिक्त पदको जिम्मेवारी सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकि छिन् । संचालक समितिले निर्णय अनुसार उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । यसमा आवेदन दिनका लागि ३५ वर्ष पुरा भई ६० बर्ष ननाघेको हुनुपर्नेछ।

Esewa
Crest

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गन नेप्सेले पाँच सदस्यीय छनौट समिति गठन गरेको छ। आवेदकहरुमध्येबाट समितिले केही नामहरु सिडिएससी सञ्चालक समितिलाई सिफरिस गर्ने र उक्त सूचीबाट सिडिएससी संचालक समितिले व्यवसासयिक कार्ययोजनाको प्रस्तुतिको आधारमा एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS