IME Life New

सिटी सेन्टरमा नेपाल लाइफको गैरकानुनी लगानी विनिवेश गर्न एक साता बाँकी, अझै प्रकृयाँ अगाडी बढेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिटी सेन्टरमा गरेको गैरकानुनी लगानीलाई विनिवेश गर्न अझै प्रकृयाँ अगाडी बढाएको छैन । बीमा ऐन २०७९ को दफा ६७ मा बीमा कम्पनीहरुले साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ती जोड्न नहुने व्यवस्था रहेको छ ।

यस दफामा भनिएको छ ‘बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनिजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ती जोड्न हुँदैन’ भनिएको छ ।

Esewa
Crest

यो ऐन अनुसार भन्दा अगाडी नै संयुक्त लगानीमा निर्माण भएको सिटी सेन्टरको प्रमुख आम्दानीमै प्राभाव पर्ने गरी विभेदपुर्ण हिसावले बाँडफाँड गरिएको थियो । कम्पनीलाई चरम घाटा हुने मोडालिटीमा निर्माण गरिएको यस सिटी सेन्टरको लगानीलाई लिएर नेपाल लाइफको चर्को विरोध हुँदै आएको छ । सञ्चालकले आफ्नो फाइदाका लागि कम्पनीलाई प्रयोग गरेको बीमा प्राधिकरणकै प्रतिवेदनमा उल्लेख छ ।

यसरी नेपाल लाइफको स्रोत साधन दुरुपयोग गरिएको लगानी आगामी बैशाख २२ गतेदेखि पुर्ण रुपमा गैरकानुनी हुँदैछ । बीमा ऐनको दफा ६७ को उपदफा २ बमोजीम बीमा ऐन २०७९ लागु भएको ६ महिना भित्रमा यस्तो लगानी विनिवेश गरिसक्नु पर्ने व्यवस्था छ ।

बीमा ऐन २०७९ कार्तिक २२ गतेदेखि लागु भएको थियो । यहि आधारमा यहि बैशाख २२ गते ६ महिना पुरा हुँदैछ । नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल लाइफले अहिलेसम्म यसका लागि कुनै पनि प्रकृयाँ अगाडी बढाइएको पाइएको छैन । अनौपचारिक रुपमा प्रकृयाँ अगाडी बढाइएको भन्ने जानकारी दिए पनि अहिलेसम्म विनिवेश गर्नका लागि कुनै पनि प्रकृयाँ अगाडी बढाएको छैन ।

चरम आर्थिक मन्दीको अवस्था रहेकाले नेपाल लाइफका सञ्चालकले ठुलो रकम कुम्ल्याएर सिटी सेन्टर नेपाल लाइफलाई भिडाउने प्रत्यन्न पनि गरेको हुन सक्ने आरोप लाग्दै आएको छ । नेपाल लाइफले केहि समय अगाडी काठमाडौं भित्रमा कार्यालय प्रयोजनका लागि जग्गा तथा भवन आवस्यक पर्यो भन्दै सूचना जारी गरेको थियो । यहि सूचनालाई आधार मानेर कम्पनीले आफ्नै ५० प्रतिशत हिस्सा रहेको सिटी सेन्टरको बाँकी ५० प्रतिशत हिस्सा पनि खरिद गराउन सक्ने देखिएको छ ।

सिटी सेन्टरमा नेपाल लाइफको अवैध लगानी कायमै, साझेदारी तोड्न एक महिना बाँकी हुँदा अझै अत्तोपत्तो छैन !

भर्याङ तथा लिफ्ट नेपाल लाइफको भागमा  

 

नन कमर्सियल फ्रि स्पेस नेपाल लाइफको भागमा 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

25%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS