IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सका बीमा योजनाहरु नेपाल इन्भेष्टमेन्ट बैंकबाट खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: सिटिजन लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरु ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ बाट खरिद गर्न सकिने भएको छ, सो सम्बन्धि सिटिजन लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंक बिच बैंकास्योरेन्स संझौता भएको छ।

संझौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डेले हस्ताक्षर गरेका छन्।
जीवन वीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई वीमाको सेवा तथा योजनामा सहज पहुँच उपलव्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीहरुमाझ बैकिङ्ग साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दौ बैंकिङ्ग सेवा दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंक बीच भएको यो सम्झौताले ग्राहकका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।

Esewa
Crest

सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकहरुलाई पनि थप सुविधा प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS