IME Life New

सिटिजन लाइफद्वारा १० लाख ५० हजार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पाल्पा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाल्पाको रिडिमा मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ। । सिटिजन लाइफ इन्स्योरेन्सले पाल्पाको रिडिमा एक कार्यक्रमकाबीच मृत्यु दावी भुक्तानी वापतको १० लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाबाट १ बर्ष अघि १० लाख बीमाङ्कको सिटिजन अग्रीम भुक्तानी बिमा योजना योजना बीमालेख लिएकी तानसेन १४ कि भिमा पुनको कोभिड १९ को कारण असोज २० गते मृत्यु भए पछि दाबी भुक्तानी बापतको १० लाख रुपैयाँको चेक रकम मृतकका श्रीमान राजेश रजकलाई हस्तान्तरण गरेको हो।

Esewa
Crest

उक्त रकम कम्पनीका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकाल, बुटवल शाखा प्रबन्धक पुर्ण चन्द्र सुवेदि , रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बि।क , ता.न. पा १४ कि वार्ड सदस्य सीता ज्ञवाली , रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपतीले संयुक्त हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षेत्रिय शाखा प्रबन्धक दुर्गा राज ढकालले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल शाखाका प्रबन्धक पूर्ण चन्द्र सुवेदिले जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले मृत्यु दाबी बापत प्राप्त गर्ने सेवा सुबिधाको बारेमा जानकारी गराए ।

कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष राम लाल बिकले जिवनको अन्तिम सम्म मात्र नभइ परिवारको मृत्यु पछी पनि बीमाले परिवार लाई आर्थिक सुरक्षा दिने काम गर्ने भएको सबैजना जीवन बीमामा आबद्धता जनाउन आग्रह गरे ।

कार्यक्रममा वडा सदस्य सीता ज्ञवाली रुरु गाबिसका पुर्व उपाध्यक्ष चन्द्रलाल कसजु , उधोग बाणिज्य संघका सुबर्ण लाल कक्षपती , स्टार एजेन्सी म्यानेजर राजेश थापा ,सिनियर एजेन्सी म्यानेजर रिता पाण्डे , सुरक्षा निकाय पत्रकार महिला समुहका तर्फबाट धना राना , नागरिक समाजका अगुवा गुरु प्रसाद ज्ञवाली लगायतले बीमाको महत्त्व बारे आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS