IME Life New

सिटिजन लाइफद्वारा मृत्यु बीमा दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. धन बहादुर चिदि को घर बगनासकाली गाउँपालिका वडा नं. १ खोरबारी स्थित घरमै पुगेर दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा उक्त गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीको प्रमुख आतिथ्यमा मृतककी श्रीमती गोमा कुमारी चिदीलाई दाबी भुक्तानी वापतको पाँच लाख ७२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

नौ महिना अगाडी मात्रै कम्पनीको पाल्पा शाखाबाट पाँच लाख रुपैयाँ बराबर बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिएका चिदिको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा गा.पा उपाध्यक्ष चिदिले मृतक धन बहादुरको आत्माको चिर शान्तिको कामना गर्दै सिटिजन लाइफले घर मै आएर बिमा दाबी रकम हस्तान्तरण गरेकोमा कम्पनीलाई धन्यवाद दिए ।

कार्यक्रममा पाल्पा शाखा प्रबन्धक विजय कार्कीले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले दुई गुणा बिमान्क अन्तर्गत थप एक गुणा बिमा रकम पाँच लाख रुपैयाँ १९ बर्ष पछि सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।

कार्यक्रममा ब्रान्च अफिस असोसिएट जिन्ता राना, एजेन्सी म्यानेजरहरु रिता पाण्डेय र अबिता नेपाली लगायतको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम कम्पनीको पाल्पा शाखा युनिट म्यानेजर निर्मल दर्लामीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS