IME Life New

सिटिजन लाइफद्वारा दुई ऋणीको दाबी बापत ३० लाख २० हजार रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बर्दघाट शाखाले सहकारीका ऋणीको मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ साना किसान कृषि सहकारी संस्था पञ्चनगरलाई भुक्तानी गरेको छ। साना किसान कृषि सहकारी संस्था पञ्चनगर र सिटिजन लाइफ इन्स्योरेन्सबीच १८ महिना अगाडी रिणिहरुको बीमा गर्ने सहमती भएको थियो। सोही अनुरुप संस्थाका ऋणीहरुमध्ये तीन ऋणीको मृत्यु हुँदा उक्त परिवारका सदस्यहरुलाई मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

यसभन्दा पहिले ५५ हजार रुपैयाँ कम्पनीले साना किसान पञ्चनगर लाइ प्रदान गरिसकेको छ भने एकै पटक दुईवटा मृत्यु दाबी भुक्तानी बापत ३० लाख २० हजार रुपैयाँ आज प्रदान गरेको कम्पनीले बताएको छ ।

Esewa
Crest

बीमित लालश्री खवासको सर्पले टोकेर मृत्यु भएको थियो । उक्त दाबी वापतको रकम खवासको श्रीमानलाई कम्पनीले हस्तान्तरण गरेको हो । उनले भने “कम्पनीले मलाई डबल रकम प्रदान गरेकोमा खुशी छु । श्रीमतिको मृत्यु भएपनि उनले लिएको ऋणबाट सिटिजन लाइफले मुक्त गरायो मलाई यस रकमले साहारा दियो ।{

ऋणी वसन्त राज घिमिरेको मृत्यु मा पनि कम्पनिले मृत्यु दाबि १० लाख १० हजार भुक्तानि गरेको छ ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका चिफ विजनेश अफिसर सुनिल पोखरेलले कम्पनिले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गर्दै सो रकमले परिवारका आश्रीत सदस्यको स्तरीय जिवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोग हुने उल्लेख गरे ।

त्यस्तै, कम्पनीका चिफ विजनेश अफिसर पोखरेलले भने “अन्य दाजुभाइले समाजमा कसैको मृत्यु हुदा एक किलो चिनी घिउ लैजाने तर बीमाले परिवरको आर्थिक क्षति कम गर्न चेक बोकेर जाने धारणा ब्यक्त गरे। उनले भने १३ दिने दाजुभाइ भन्दा नजिकको साथी बीमा रहेको बताए ।”

त्यसैगरी साना किसान पञ्चनगरका प्रबन्धक पुर्णचन्द्र घिमिरेले केहि ऋणीहरुले अझै पनि बीमाबारे खासै चासो नदेखाएको र बीमाको कुरा बुजाउन गाह्रो भएको समयमा यसरी सजिलै प्राप्त भुक्तानी गरेको देख्दा अबका दिन हरुमा सहकारिका सम्पुर्ण रिणिहरुको बिमा प्रति सकारात्मक सोच पैदा हुने जानकारी गराए ।

त्यस्तै, कार्यक्रममा अध्यक्षले यसरी ऋणीको मृत्युमा ऋणको रकम सिटिजन लाइफबाट सजिलै प्राप्त गर्दा सदस्यारुलाई निकै राह्त मिलेको र केहि सदस्य लाई थप रकम समेत दिन पाउँदा खुसिलागेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS