IME Life New

सिटिजन लाइफको सप्ताह व्यापी कार्यक्रममा१०७३ पिन्ट रगत संकलनदेखि सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाचौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममा यो वर्ष पनि २०७९ साल ,असोज ३१ गते देखी कार्तिक ६ गतेसम्म प्रधान कार्यालय लगायत कम्पनीका विभिन्न शाखाले स्थानिय तहमा एक साता सम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धित कार्यक्रम गरेर मनाएको छ ।

Esewa
Crest

कम्पनीले यस वर्ष विशेष प्राथमिक्तामा राखेको रक्तदान कार्यक्रममा देश भरिका २८ वटा शाखाको आयोजकता मा १०७३ पिन्ट रगत संकलन गर्न सफल भएको छ । डेङ्गु लगायत विभिन्न भाइरल ज्वोरोका कारण धेरै नेपालीहरु अस्वस्थ्य रहेको बेला १०७३ पिन्ट रगत संकलन गर्न सफल हुनु आफ्नै लागी गौरवको कुरा भएको कम्पनीले जनाएको छ र सबै डोनरहरुलाई धन्यवाद ज्ञापन गर्दै, यसले रेड क्रस, ब्लड बैंक लगायतका संस्था र आवश्यक पर्ने सबैलाई मद्दत मिल्ने अपेक्षा राखेको छ ।

यसैगरी जनसमुदायमा जीवन बीमा प्रतिको चेतना वृद्धी गर्न निकै अवाश्यक रहेकोले कम्पनीले यस वार्सिकोत्सवको अवसरमा फेसबुक लाइभ मार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता सुरु गर्दै देशभरी ८ वटा स्थानमा बीमा सचेतना सम्बन्धित भव्य सडक ¥याली प्रस्तुत गरेको थियो । यस ¥यालीमा देशभर बाट १००० भन्दा बढीको सहभागिता थियो ।

यसका साथै कम्पनीले विभिन्न शाखाको आयोजकतामा देशका विभिन्न ११ स्थानमा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । ३० वटा विभिन्न पार्क, धार्मिक तथा पर्यटकिय स्थलहरुमा वृहत सरसफाइ लगायत डस्टिबन वितरण गरेको छ । सँगसँगै केहि शाखाले विभिन्न संघ संस्थासँगको सहकार्यमा निःशुल्क आँखा सिविर, दन्त सिविर, सम्पुर्ण (होलबडी) सम्बन्धि परामर्श सेवा लगायतका कार्यक्रम गरी ७०० भन्दा बढीलाई सेवा प्रधान गरेको छ । यसका साथै केहि शाखाले योग सिविर, खाधन्न वितरण, ब्याड्मिन्टन प्रतियोगित, ट्राफिक सचेतना लगायतका कार्यक्रमको समेत आयोजना गरेका थिए ।

आज सप्ताह व्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कार्यक्रम सफलता पुर्वक समापन भएकोमा खुशी व्यक्त गर्दै, सम्मिलित सबैलाई धन्यवाद ज्ञापन गरे ।

यसका साथै कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । प्रचलित कानुन, निति, नियम एवम नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै दिपावलि, नेपाल सम्वत तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दिर्र्घायु एवम उत्तरोतर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS