IME Life New

सिटिजन लाइफको अनलाईन बीमा दाबी सेवा अन्तर्गत २ दिनमै मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गर्नुभएकी, टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने श्रीमति शोभा कुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएका थिए र सो अनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्य दिनमै प्रदान गरेको छ ।

Esewa
Crest

लकडाउनको समयमा उनका श्रीमान धु्रब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फर्छौट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुग्नु भएका क्षेत्रीय शाखा प्रमुख केशव राज गिरीले उल्लेखित लाभ रकम१० लाख रुपैयाँ , बोनस रकम ३५ हजार रुपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रुपैयाँ गरि जम्मा १० लाख ८५ हजार रुपैयाँको रकम दाबीकर्ता धु्रब खत्रीको बैकं खातामा अनलाइन मार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराएका थिए।

बीमितले एक किस्ता बराबरको ७८ हजार ७ सय सन्तानब्बे रुपैयाँ रकम जम्मा गरेकोे थियो । रकम बिमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान धु्रब राज खत्रीले जानकारी गराए ।कम्पनीले परिवारका सदस्यलाई बीमा वापतको रकम हस्तान्तरण गरे पश्चात सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उल्लेख गरेका थिए ।

उहाँले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बीमा सम्बन्धि चेतना बढाउनुपर्नेमा जोड दिएका छन् । उहाँले बीमित, अभिकर्ता लगायत अन्य सरोकारवालाहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिईने बताएका छन् । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितीमा सबैलाई सावधान र सुरक्षित रहन सुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS