IME Life New

सिटिजन लाइफका थापाले जन्मदिनमा सहयोग गरे अपाङ्ग आश्रमलाई १० हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुटवलबासी सिटिजन लाइफका एमडिआरटी समेत रहेका राजेश थापाले देवीनगरस्थित अपाङ्ग आश्रममा दस हजार रुपैयाँ आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । उनले होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको अलवा सामाजिक कार्य गरि जन्मदिन मनाउँदा पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको अनुभव बताए ।

तीन वर्षदेखि सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाबाट बीमा व्यवसाय गर्दै आएका राजेश थापा देशभरिबाट उत्कृष्ट कार्य गर्दै लगातार दुई वर्ष एमडिआरटी विजेता साथै सिटिजन स्टार विजेतपनी हुन।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल क्षेत्रका क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालले आफुले आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्नु पुण्यको कार्य भएको र सबैले समाजलाई सकेको सहयोग गर्नु सबैको धर्म भएको धारणा व्यक्त गरे।

सिजिजनकर्मी थापाले अपाङ्ग आश्रममा विगत देखिनै हरेक किसिमका सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोगको अपेक्षा गर्दै आश्रमका व्यवस्थापकले सु स्वास्थ्य दीर्घायुको कामना गर्दै शुभकामाना व्यक्त गरे ।

सहयोग कार्यक्रममा उपस्थित सिटिजनकर्मीहरुले उदाहरणीय कार्यको सबैले अनुसरण गर्ने हो भने समाजमा धेरै टेवा पुग्ने धारणा राख्दै शुभकामना व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS