IME Life New

सिटिजन र सन नेपाल लाइफको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफको आइपीओ २३ हजार बढीले भरेका छन् । कम्पनीको आएपीओमा आज साउन १२ गते साझ ५ः०५ बजेसम्ममा २३ हजार ५४४ जना आवेदकले ३५ करोड ९३ लाख २२ हजार १६० रुपैयाँ बराबरको १५ लाख ३ हजार ४४० कित्ताका लागि आवेदन दिएका हन् ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २५ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन १२ गते साँझ ५ः०५ बजेसम्म २५ हजार ७८ जनाले ४२ करोड ७८ लाख ७५ हजार ९६० रुपैयाँ बरारबको १७ लाख ५३ हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन् ।

Esewa
Crest

सन नेपाल लाइफ
कम्पनीले साउन १ गतेबाट प्रिमियमा पहिलो चरणको आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डबाट स्वीकृति पाएको हो ।

सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। पहिलो चरणको आइपीओ विक्रीपछि मात्रै कम्पनीले दोस्रो चरणको आइपीओ अर्थात सर्वसाधारणका लागि विक्री गर्नेछ ।

आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

सिटिजन लाइफ
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशि रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

कम्पनीले प्रति शेयर रू१०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियम बापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि निष्काशन गरेको हो ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS