IME Life New

सिटिजन्स बैंकले थप्यो मोवाइल बैकिङ्ग एपमा नयाँ सुविधाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिबृद्धि र डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले मोवाइल बैकिङ्ग एपमा नयाँ सुविधाहरु थप गरेको छ ।

कम्पनीले हाल मोबाइल बैंकिङ्ग एपमार्फत् नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु समेत थप गरेको बताएको छ। अब ग्राहकहरुले मोवाइल बैंकिङ्ग एपमार्फत् नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेविट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सिमा हेर्ने जस्ता सुविधाहरु पाउने छन् ।

Esewa
Crest

कम्पनीले आफ्ना बिशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइलमार्फत् प्रिभिलेज बैंकिङ्ग सेवासमेत सुरु गरेको छ । यसअघि कम्पनीले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ्ग एपमार्फत् नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले कम्पनीका तोकिएका सम्पर्क अधिकृतमार्फत् बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ प्रयोगकर्ता इन्टरफेसमा अपग्रेडगरिएको छ । जसअन्तर्गत स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, ईएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको छ ।

त्यसैगरी, नयाँ डिजाइन प्रयोगकर्ता मैत्री भएको र नेपालपे को क्युआरमार्फत् व्यापारीहरूलाई क्युआर स्क्यान गरी भुक्तानी गर्ने सुविधाहरू पनि थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS