IME Life New

सिटिजन्स बैंकले तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई गाभ्ने, अन्तिम सम्झौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक अझै बलियो र शसक्त हुने भएको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभ्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सिजिटन्स बैंकले ख बर्गको विकास बैंकलाई गाभेपछि शाखा सञ्जाल, जनशक्ति, पुँजि तथा बजार हिस्सामा निकै अब्बल बन्नेछ ।

दुई वित्तीय संस्थाको एकीकृत कारोबार राष्ट्र बैंकले स्वीकृति दिएपछि हुनेछ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्दा १००ः९६ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।

Esewa
Crest

दुई वित्तीय संस्थाबीचमा आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको सिटिजन्स बैंकले जनाएको छ । सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको सिटिजन्स बैंकले बिज्ञप्तिमार्फत जनाएको छ ।

दुवै बैंकले आ—आफ्नो विशेष÷साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने सम्झौता पत्रमा उल्लेख छ । मर्जरपछि बैंकको कुल १६३ शाखा हुनेछ भने बैंकको चुक्ता पुँजि ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS