IME Life New

सिटिजन्स बैंकको स्थगित विशेष साधारण सभा जेठ २७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको पाँचौ स्थगित विशेष साधारण सभा जेठ २७ गते मंगलबार पुनः हुने भएको छ ।उक्त सभा बैंकको प्रधान कार्यालय नाराणहिटी पथ दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनार मार्फत सभा आयोजना गरिने बैंकले जनाएको छ।

बैंकको चैत्र ८ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले चैत्र १० गते अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा गर्ने भनिएको साधारण भसा स्थगित भएको थियो।

Esewa
Crest

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गरेको थियो। यसअनुसार चैत २ गतेसम्म कायम शेयरधनी साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन्।

विशेष साधारण सभामा सहयोगी विकासको १०० कित्ता शेयरलाई सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्नेगरी प्राप्ति गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

यस्तै सभाको प्रस्तावमा यस बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएकाले सो सम्बन्धि सञ्चालक समितिबाट प्रस्तुत प्रतिवेदनलाई छलफल गरी पारित गर्ने, प्राप्ति गर्न गरिएको अन्तिम सम्झौता लगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका काम कारवाहीहरु अनुमोदन गर्ने, सहयोगी विकासलाई प्राप्ति गरेपछि बैंकको चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने लगायतका विषयहरु रहेका छन् ।

सहयोगीलाई प्राप्ति पछि बैंकको जारी तथा चुक्ता पूँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७ सय १६ रुपैयाँबाट वृद्धी भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २ सय ९० रुपैयाँ हुने गरी बैंकको प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताप विशेष साधारण सभाबाट पारित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS