IME Life New

सिटिजन्स बैंकको साधारणसभा मङ्सिर २० गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकको चौधौं बार्षिक साधारणसभा मङ्सिर २० गते हुने भएको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने जनाएको छ।

Esewa
Crest

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने ७२,७१,८५,३८३।१८ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७,२६,९४,५१८।६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई वितरण गरिने कुरा बैंकले जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ बैंकले मङ्सिर ११ गतेको लागि बुक क्लोज मिति तय गरेको जनाएको छ । मङ्सिर ११ गते बुक क्लोज मिति तय भएकाले मङ्सिर १० सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS