IME Life New

सिटिजन्स क्यापिटलको लाभांश घोषणा, बोलायो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पुँजीको १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो लाभांश पारिका लागि क्यापिटले १८ औं वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । सभा ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक) स्थित एटिक मिटिङ्ग हल, काठमाडौंमा विहानको ११ बजे देखि सुरु हुने जनाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत कम्पनीले अघिल्लो आर्थिक वर्ष भन्दा वृद्घि हासिल गर्न सक्षम भएको छ । कम्पनीले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओसबिर बादे श्रेष्ठ रहेका छन् ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS