IME Life New

सिजीले आउँदो वर्ष भारतीय बजारमा वाइवाइ चाउचाउको आइपिओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौधरी समूहले भारतीय बजारमा सन् २०२५ मा लोकप्रिय वाइवाइ चाउचाउको प्रि आइपिओ (पूर्व प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। समूहका अध्यक्ष विनोद चौधरीले बुधबार ब्लुमबर्गको सिंगापुर स्टुडियोमा अन्तरवार्ताका क्रममा चाउचाउको आइपिओ जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका हुन् ।

अन्तरवार्ताकारको जिज्ञासामा चौधरीले सन् २०२५ मा प्रि आइपिओ र सन् २०२६ मा आइपिओ जारी गरिने बताए । उनले सन् २०२६ को पहिलो त्रैमासभित्र भारतीय शेयरबजारमा वाइवाइ चाउचाउको शेयर सूचीकरण हुनेमा आशा व्यक्त गरे ।

Esewa
Crest

सर्वसाधारणका लागि शेयरमा लगानी खुल्ला गर्नु अघि निजी सामूहिक कोष, लगानी कोष लगायतका सीमित लगानीकर्तालाइ शेयर लगानीको अवसर खुल्ला गरिनु नै प्रि आइपिओ हो । यो माध्यमबाट शेयर बजारमा सूचीकृत हुनु अगावै सम्बन्धित कम्पनीले केही शेयर पूँजी जुटाइ सकेको हुन्छ। यस्तो शेयर सामान्यतया आइपिओ जारी गर्दाको भन्दा कम मूल्यमा जारी गरिन्छ।

विश्वव्यापी चाउचाउ ब्राण्डका रूपमा स्थापित वाइवाइ चाउचाउको भारतीय बजारमा आइपिओ जारी गर्ने घोषणा चौधरी समूहको सिजी कर्प ग्लोबलले सन् २०२१ को जनवरी देखि नै गरेको हो । जनवरी २०२१ मा द फर्च्युन म्याग्जिनमा प्रकाशित अन्तरवार्तामा समूहका अध्यक्ष चौधरीले प्राथमिक शेयर जारी गर्ने तयारी भइरहेको बताएका थिए । त्यसबखत सिजी कर्प ग्लोबलले थप केही वर्ष भारतीय बजारमा चाउचाउको बजार विस्तारपछि प्राथमिक शेयर निष्काशन गरिने योजना सार्वजनिक गरेको थियो ।

पहिलो पटक जनवरी २०२१ मा आइपिओको प्रसङ निस्किएपछि सन् २०२४ को अप्रिल महिनामा उनलाइ उद्घृत गर्दै भारतीय मिडियाहरूले सन् २०२६ सम्ममा भारतीय शेयर बजारमा आइपिओ सूचीकृत हुने समाचार प्रकाशन गरेका थिए ।

प्रि(आईपीओ कोषलाई सञ्चालन विस्तारका लागि प्रयोग गर्नेछ, र त्यसपछि सन् २०२६ को पहिलो त्रैमासिकभित्र भारतीय शाखालाई “आशा छ” सूचीबद्ध गर्ने, अभिभावक सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले ब्लूमबर्ग टिभीको हसलिन्डा अमिनलाई बताए। उनले प्रि आइपीओमार्फत पूँजी जुटाउने योजनाबारे थप विवरण दिएनन्।

वाइवाइले भारतमा चाउचाउको बजारमा तेश्रो ठूलो बजार हिस्सा ओगटेको छ। यसको बजार हिस्सा २८ प्रतिशत छ। वार्षिक कारोबार ८ अर्ब भारू९९ अर्ब ६० करोड रूपैयाँ० बराबर छ । भारतमा यसको ६ स्थानमा चाउचाउ उत्पादन उद्योग छ।

सिजी फुड्स इण्डियाले शेयर बजारमा सूचीकरणको दौडमा आफ्नो वार्षिक आम्दानीमा १५ वृद्धि गर्ने लक्ष्य ब्लूमबर्ग न्यूजले गत अप्रिलमा प्रकाशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS