IME Life New

सिंजामा एशियन लाइफको उपशाखा कार्यालय संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जुम्ला । एशियन लाइफ इन्स्योरेन्सले जुम्ला जिल्लाको सिंजा क्षेत्र नराकोेटमा ९७ औं उपशाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त उप शाखा कार्यालयको उद्घाटन सिजां गाउँपालीकाको उपाध्यक्ष जन्ममाया खत्री र कम्पनीको जुम्ला शाखाको शाखा प्रबन्धक बीर बहादुर भण्डारीले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा सिजां गाउँपालीकाको उपाध्यक्ष जन्ममाया खत्री,जुम्ला शाखाको शाखा प्रबन्धक बीर बहादुर भण्डारी, जुम्ला जिल्लाको इलाका प्रशासन प्रमुख मधुशंकर उपाध्याय कम्पनीको हेडक्वार्टर क्लब मेम्बर भगवती थापा बि.एम,अभिकर्ता बिमीत लगायत स्थानिय बुद्धीजिबी,समाजसेबी पत्रकार,ब्यपारी,बैक तथा बित्तिय संस्थाको कार्यलय प्रमुख,सुरक्षा कर्मीहरुको उपस्थीति रहेको थियो ।

Esewa
Crest

सिंजा उपशाखा जुम्ला जिल्लाकोे जुम्ला शाखा पछि दोस्रो उपशाखाको रुममा र जिवन बीमा क्षेत्रमा काम गर्ने १९ वटा जिवन बीमा कम्पनीहरुमध्ये एशियन लाइफले खोलेको यस शाखा सिजाँ क्षेत्रमै पहिलो हो ।

सिजां गाउँपालीकाको उपाध्यक्ष जन्ममाया खत्रीले जीवन बीमा प्रत्येक नागरिकहरुलाई बचत र जोखिमले महत्वपुर्ण रहेकोले सबै नागरिकले जीवन बीमा गर्न जरुरी रहेको बताइन् ।

जुम्ला शाखाको शाखा प्रबन्धक बीर बहादुर भण्डारीले कर्णालीको नागरिकहरुलाई सहज र सरल रुपमा घरमै बसी बचत र जोखिमको लाागी बीमा सेवा प्रदान गर्न कम्पनीले उपशाखा खोलिएको बताए ।

हालसम्म कम्पनीको ३४ शाखा र ९७ उपशाखा गरी नेपलभर १३१ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको छ । २०७६ पौष मसान्त सम्ममा जीवन बीमाकोषमा १९ अर्ब ३१ करोड भन्दाबढी रहेको छ । चुक्ता पुँजी २ अर्ब १ कारोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS