IME Life New

सिंगापुर पठाउने लोभमा रू ५ करोड ठगी फरार भएका दुईजना कम्बोडियाबाट पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा ठगी मुद्दामा फरार एक यूवक एशियाली मुलुक कम्बोडियाबाट पक्राउ परेको झण्डै एक महिना पछि अर्की फरार महिलालाई पनि नेपाल ल्याइएको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुपाल्चोक मान्खा घर भएकी बिनु शाक्यलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत एनसिबी कम्बोडियाको समन्वयमा गत असोज १ गते उतै पक्राउ गरेको थियो। शाक्यसँगै पक्राउ परेका उदयपुर त्रियूगा नगरपालिका वडा नम्बर १० घर भएका सुजन आचार्यलाई नेपाल प्रहरीले कात्तिक ९ गते नै स्वदेश फर्काई सकेको छ।

Esewa
Crest
तस्वीर साैजन्यः नेपाल प्रहरी

वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिने प्रलोभन देखाएर ४० जना भन्दा बढी पीडितबाट यी दुबैले कुल ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

आफूहरूविरूद्ध नेपाल प्रहरीले अनुसन्धान गरिरहेको जानकारी पाएपछि ती दुबैजना सुरक्षित आश्रय खोज्दै अफ्रिकी मुलुक कम्बोडिया पलायन भएका थिए । प्रहरीले गम्भीर अपराधमा संलग्न ती दुबै विरूद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाले २०८० माघ १९ गते उनीहरू विरूद्ध रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS