IME Life New

सिंगापुर एयरलाइन्सबाट खोसियो ताज, कतार एयरवेज बन्यो विश्वकै उत्कृष्ट एयरलाइन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुर एयरलाइन्सबाट विश्वकै उत्कृष्ट एयरलाइन्सको ताज खोसिएको छ। सन् २०२४ का लागि कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको छ।

स्काईट्रयाक्सले विश्वकै उत्कृष्ट एयरलाइन्सको सूची तयार गरेको हो। जसमा कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि जित्न सफल भएको छ।

Esewa
Crest

आफ्नो २५ वर्षे इतिहासमा कताले यो आठौँपटक विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको हो। सिंगापुर एयरलाइन्स भने यो सूचीको दोस्रो स्थानमा झरेको छ।

गुणस्तर सेवा, समस्या समाधान क्षमता, विमान संख्या र क्षमता तथा दुर्घटना इतिहासका आकारमा स्काईट्रयाक्सले उत्कृष्ट एयरलाइन्सहरुको सूची तयार गरेको हो। कतार एयरलाइन्ससँग २३० विमान छन्।

उत्कृष्ट १० एयरलाइन्सको सूचीमा तेस्रोदेखि १० औँसम्म क्रमशः इमिरेट्स (यूएई), एएनए अल निप्पोन एयरवेज (जापान, क्याथवे प्यासिफिक (हङकङ), टर्किस एयरलाइन्स (टर्की), ईभीए एयर (ताइवान), एस फ्रान्स (फ्रान्स) र स्विस इन्टरनेसनल एयरलाइन्स (स्विट्जरल्यान्ड) रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%
happy

खुसी

0%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS