IME Life New

सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली, अमेरिकाको १ स्थान तल झर्दा नेपालको कता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक भएको छ। वर्ष २०२४ मा अमेरिकाको पासपोर्ट १ स्थान तल खस्किँदै विश्वको आठौँ शक्तिशाली पासपोर्ट बनेको छ।

हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार वर्ष २०२३ मा अमेरिकाको सातौँ शक्तिशाली पासपोर्ट थियो। तर, यो वर्ष फेरि १ स्थान तल झर्दै आठौँ स्थानमा पुगेको हो। अमेरिकाको पासपोर्टबाट १८६ देशमा विना भिसा यात्रा गर्न सकिन्छ। एक दशकअघि अमेरिकाको विश्वकै शक्तिशाली पासपोर्ट थियो। सन् २०१४ मा अमेरिका र बेलायत विश्वको शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष स्थानमा रहेका थिए।

Esewa
Crest

वर्ष २०२४ मा सिंगापुर शीर्ष स्थानमा रहेको छ। सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा बलियो पासपोर्ट हो। त्यहाँका नागरिकले विश्वका २२७ गन्तव्यमध्ये १९५ गन्तव्यमा भिसा फ्री अर्थात बिना भिसा यात्रा गर्न सक्छन्।

सिंगापुरपछि फ्रान्स, जर्मनी, इटाली, जापान र स्पेन १९२ भिसा फ्री यात्रा गन्तव्यसहित शक्तिशाली पासपोर्टको सूचीमा दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, आयरल्यान्ड, लक्जमबर्ग, नेदरल्यान्ड्स, दक्षिण कोरिया र स्विडेन छन्। जसमा १९१ भिसा फ्री गन्तव्य छन्। बेल्जियम, डेनमार्क, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र बेलायत १९० भिसा फ्री गन्तव्यका साथ सूचीमा चौथो स्थानमा छन्। अस्ट्रेलिया र पोर्चुगल १८९ भिसा फ्री यात्रा गन्तव्यसँगै पाँचौँ स्थानमा छन्।

हेन्ली पासपोर्ट इन्डेक्सले भिसा फ्री प्रवेशका आधारमा मापन गरेर विश्वका पासपोर्टहरुलाई स्थान दिन्छ। अर्थात् जुन देशको पासपोर्ट प्रयोग गरेर भिसा फ्रीमा अधिकांश गन्तव्यमा यात्रा गर्न सकिन्छ, त्यो देशको पासपोर्ट सबैभन्दा शक्तिशाली हुन्छ। यो इन्डेक्स अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त विशेष तथ्यांकका आधारमा तयार गरिएको हो।

नेपाल यो सूचीमा ९८ औँ स्थानमा परेको छ। नेपालको पासपोर्टबाट ३९ देशमा बिना भिसा यात्रा गर्न सकिन्छ। यही स्थानमा लिबियामा रहेको छ। छिमेकी मुलुक भारतसँगै सेनेगल, ताजिकिस्तान ८२ औँ स्थानमा छन्। यी देशका नागरिकले ५८ विदेशी गन्तव्यमा भिसा फ्री प्रवेश गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS