IME Life New

सिंगापुरको चांगीले गुमायो विश्वको नम्बर वान एयरपोर्टको ताज, शीर्ष स्थानमा कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्काईट्रयाक्स वर्ल्ड एयरपोर्ट अवार्डलाई एयरपोर्ट उद्योगको ओस्कर भनिन्छ। यसपटक ठूलो उल्टो देखिएको छ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले सिंगापुरको चांगी विमानस्थललाई पछि गर्दै पहिलो स्थान हासिल गरेको छ। चांगीले आफ्नो ताज गुमाउँदै दोस्रो स्थानमा झरेको छ।

Esewa
Crest

हमाद अन्तर्राष्ट्रिय विमानस्थल कतारको राजधानी दोहाको मुख्य विमानस्थल हो। करिब ६० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको यो एयरपोर्ट ७५ फुटबल मैदानबराबर छ। गत वर्ष यो विमानस्थल दोस्रो स्थानमा थियो। वास्तुकलाका हिसाबले यो विश्वकै सबैभन्दा महत्वपूर्ण विमानस्थल मानिन्छ। यसका साथै सबैभन्दा विलासी विमानस्थलको उपाधि पनि यसले प्राप्त गरेको छ।

चाखलाग्दो कुरा यो हो कि यस सूचीमा शीर्ष ५ विमानस्थलमा एसियाको वर्चस्व छ। तेस्रो नम्बरमा दक्षिण कोरियाको सियोल इन्चेन विमानस्थल रहेको छ। यो विमानस्थलले सबैभन्दा परिवारमैत्री विमानस्थलको उपाधि पनि पाएको छ। टोकियोको हानेडा चौथो र नारिता पाँचौँ स्थानमा छन्।

यो सूचीमा फ्रान्सको राजधानी पेरिसको चार्ल्स डे गौले एयरपोर्ट छैटौँ, दुबई सातौँ, जर्मनीको म्युनिख आठौँ, स्विट्जरल्यान्डको ज्युरिच नवौँ र टर्कीको इस्तानबुल विमानस्थल दसौँ स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

5%
sad

दु :खी

24%
amazed

अचम्मित

21%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS