IME Life New

सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सारथी नेपाल लघुवित्तको लाभांश परिमार्जन भएको छ । संस्थाको फागुन १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश राष्ट्र बैंकको निर्देशन अनुसार परिमार्जन गरेको हो ।

अब संस्थाले हाल कायम चुक्ता पुँजीको ८ दशमलव १३ प्रतिशतले १ करोड ९१ लाख ५२ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२८२३३ प्रतिशतले हुन आउने १० लाख ८ हजार बराबरको नगद लाभांश गरि कुल ८ दशमलव ५५८२३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

यस अघि संस्थाले चुक्ता पुँजीको ९ दशमलव ११ प्रतिशतले हुन आउने २ करोड १४ लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४७९४ प्रतिशतले हुन आउने ११ लाख २८ हजार ६ सय ५० रुपैयाँ नगद लाभांश गरि कुल ९ दशमलव ५८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS