IME Life New

‘सामान कि अमेरिकामै बनाऊ कि बढी कर तिर’, ट्रम्पको यो भनाइले चीनको बढायो तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत दुई दशकदेखि चीन विश्वको कारखाना बनेको छ। संसारभरका बजारहरु चीनमा बनेका सामानहरुले भरिएका छन्। तर, दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको भनाइले चीनका लागि टाउको दुःखाइको विषय बनेको छ।

ट्रम्पले विश्वभरका व्यापारीहरुलाई अमेरिकामा सामान बनाउन आमन्त्रित गरेका छन्। ट्रम्पले यसो नगरे आफ्नो उत्पादन विदेशमा बनाएमा अमेरिकामा कर तिर्नुपर्ने चेतावनीसमेत दिएका छन् । राष्ट्रपति बनेपछि ट्रम्पले मेक्सिको, क्यानडा र चीनका सामानमा कर लगाउने घोषणा गरेका छन् । उनले चिनियाँ सामानमा ६० प्रतिशतभन्दा बढी कर लगाउने कुरा पनि गरेका छन् ।

Esewa
Crest

स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै ट्रम्पले कच्चा तेलको मूल्य, ब्याजदर र कर घटाउन चाहेको बताए । उनले युक्रेन र रुसबीच झण्डै तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई छिट्टै भेट्न चाहेको पनि बताए । अमेरिकी राष्ट्रपतिले यो युद्धले ठूलो जनधनको क्षति भएको बताए ।

ट्रम्पले भने, ‘म तत्काल ब्याजदर घटाउनुपर्ने माग गर्छु । संसारभरि यसलाई घटाउनुपर्छ। म साउदी अरेबिया र ओपेकलाई पनि तेलको मूल्य घटाउन आग्रह गर्छु।’

ट्रम्पको भनाइ यस्तो समयमा आएको हो, जब बजारहरु आयातित सामानहरुमा व्यापक ट्यारिफका लागि ट्रम्पको योजनालाई लिएर चिन्तित छन्। ट्रम्पको भनाइ आएसँगै कच्चा तेलको मूल्य घटेको छ । साथै, युरोमा पनि गिरावट देखिएको छ । विदेशी मुद्रा बास्केटको विरुद्धमा अमेरिकी डलर माथि र तल झर्न थाल्यो।

त्यस अवसरमा ट्रम्पले क्यानडा र युरोपेली संघको आयात नीतिको आलोचना गरेका थिए । यी नीतिका कारण अमेरिकाले घाटा व्यहोर्नुपरेको उनको भनाइ थियो । ‘हामी अन्य देशबाट सम्मान चाहन्छौँ’, उनले भने, ‘क्यानडासँग हाम्रो ठूलो घाटा छ। हामी यो सहन सक्दैनौँ।

ट्रम्पले ट्यारिफ, नियमन र कर कटौतीका साथै अवैध आप्रवासीको बारेमा पनि कुरा गरे। उनले अमेरिकालाई एआई, क्रिप्टोकरेन्सी र जीवाश्म इन्धनको हब बनाउने प्रतिबद्धताका साथ महँगी घटाउने वाचा गरे।

ट्रम्पको भनाइले चीनको समस्या बढाएको छ । चीन र अमेरिकाबीच विगत केही वर्षदेखि व्यापार युद्ध चलिरहेको छ । अमेरिकासँग चीनको व्यापार बचत १ ट्रिलियन डलर नजिक पुगेको छ । यसबाट अनुमान गर्न सकिन्छ कि अमेरिकी बजार चीनका लागि कति महत्वपूर्ण छ।

ट्रम्प यो अवस्था परिवर्तन गर्न चाहन्छन्। अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको छ र छिट्टै केही गरेन भने देश डिफल्ट हुन सक्छ।
ट्रम्पको ट्यारिफ योजनाले आगामी १० वर्षमा अमेरिकी कोषमा ३.३ ट्रिलियन डलर ल्याउने विश्वास गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS