IME Life New

सामाजिक सुरक्षाकोषको चौतर्फि बिरोध, सिद्धार्थ बैंकको गण्डकी प्रदेशका शाखा कार्यलयका कर्मचारी आन्दोलित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध सिद्धार्थ बैकका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा आज सिद्धार्थ बैंक पोखरामा गण्डकी प्रदेशको मुख्य शाखा पोखरा लगायतका आधा दर्जन भन्दा बढी कार्यालयका कर्मचारीहरु सांकेतिक रुपमा कालो ब्यानर सहित बिरोधमा एकसाथ उत्रेका हुन् ।

विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन  भन्ने ब्यानर राखेर प्रदर्शन गरेका छन् ।

Esewa
Crest

कोषको विनियावलीमा रहेको श्रीमान र श्रीमती दुबै जना जागिरे भएको अवस्थामा एउटाले मात्र उपदान वा पेन्सन पाउने अवस्था कोषमा राखिनु, ५८ वर्षमा अवकाश हुने व्यवस्था विपरित ६० वर्षको उमेर पछि मात्र कोषमा जम्मा भएको रकम प्राप्त हुने र जागिरे अवधीमा कसैको निधन भएमा परिवारले आधा मात्रै पेन्सन पाउने व्यवस्था विद्यमान सुविधाको विपरित भएकाले कोषमा आबद्ध गराउन खोजेकोमा आपत्ति जनाएका हुन्।

असार मसान्त अघिनै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटे संगै अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले पनि विरोध शुरु गरिसकेका छन् । कोषले खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब दिइए साथै कानुनी उपचारका साथै देश व्यापी विरोध प्रदर्शन गरेकाछन् । आन्दोलनमा संस्थाका उच्च तहका कमैचारीहरु बाहेक सबै कर्मचारीहरुले सहमति देखाउँदै सरिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS