IME Life New

सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गरी मनायो प्रभु लाइफले छैठौं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ मंसिर २८ गते आज बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।

उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।

Esewa
Crest

समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा २०७९ मंसिर २८ गते बुधबार कार्यक्रमवीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईका अनुसार गत वर्ष पनि कम्पनीले गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । उनले भने यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु।१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको हो ।

त्यस्तै, न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरिय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी संचालक सदस्य दिपक संजेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS