IME Life New

सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताले क्यासब्याक पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । बैंकक अनुसार यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याक व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याइएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको उल्लेख गरेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS