IME Life New

सानिमा लाइफ इन्स्योरेन्सले गर्यो कञ्चन डेभलपमेन्ट र सृजनशील बचत सँग बीमा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाईफ इन्स्योरेन्सले कञ्चन डेभलपमेन्ट बैंक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था सँग वीमा सम्वन्धि सम्झौता गरेको छ ।

महेन्द्रनगरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सिना, कञ्चन डेभलपमेन्ट बैंकका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको वीमा सेवा उपभोग गर्न सक्नेछन ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS