IME Life New

सानिमा लाइफले सार्वजानिक गर्यो ‘सानिमा घातक रक्षावरण’ योजना, ११ घातक रोग समेटिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्सले ‘सानिमा घातक रक्षावरण’ योजना सार्वजानिक गरेको छ । विकासक्रमसँगै मानीसहरुको खानपानमा आएको परिवर्तण व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भिर किसिमको प्रभाव पार्ने गर्दछ त्यसकारण कयौं मानीसहरु घातक रोगबाट पिडित छन् र उनीहरुको आर्थिक अवस्था कमजोर भएकाले गर्दा इन्स्योरेन्सले यी अस्तालाई ध्यानमा राखी उक्त योजना सार्वजानिक क गरेको हो ।

कमजोर आर्थिक अवस्थाले गर्दा घातक रोग लाग्दा उपचार नपाएर बिरामीको मृत्तु हुने गर्दछ । त्यसकारण मानीसहरुको स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो कहाली लाग्दो अवस्थालाई मध्यनजर गरी गैरआवसीय नेपालीहरुको समुहद्धारा प्रवद्र्धित सानिमा लाइफ इन्स्योरेन्सले मुख्य ११ वटा रोगहरुको स्वास्थ्य सुरक्षा बीमा योजना सार्वजानिक गरेको हो ।

Esewa
Crest

यस योजना अन्तर्गत बीमा प्रस्तावकले निर्धारित बीमाशुल्क तिरी घातक रोग सुरक्षाको लागि बीमा गर्न सक्नेछ । जसको लागि बीमित घातक रोगबाट पिडित भएको प्रमाणित भएमा विभिन्न शर्तहरुभित्र रही मुल बीमाङकको आधारमा ५० लाखसम्मको बीमा सुविधा एकमुष्ट प्रदान गरिने छ ।

रक्षावरण गरिएका घातक रोगहरु:
कडा प्रकृतिको क्यान्सर
निरन्तर डायलसिसको आवश्यक्ता पर्ने गरी भएको मृगौला विफलता
कडा प्रकृतिको प्रथम ह्ृदयघात
स्थायी प्रकृतिको मष्तिष्कघात
विषेश कडा प्रकृतिको कोमा
प्राइमरी पलमोनरी आटिरियल हाइपरटेन्सन
एओर्टा ग्राफ्ट शल्यक्रिया
कोरोनरी धमनी वाईपास ग्राफ्ट
ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत
मुख्य अंग वोनम्यारो प्रत्यारोपन
निरन्तर लक्षणसहितको कल्टिपल स्क्लेरोसिस

विषेशताहरु:
घातक रोग बीमा सुविधा ५० हजारदेखि ५० लाखसम्म
प्रवेश उमेर १८ वर्षदेखि ५५ वर्षसम्म
बीमा अवधि ५ वर्षदेखि २५ वर्षसम्म
अधिकतम बीमाशुल्क भुक्तानी ६५ वर्षसम्म

विषेश शर्तहरु :
प्रतिक्षा अवधि : यस योजना अन्तर्गत बीमा प्रारम्भ भएको वा बीमा पुनर्जागरण भएको ९० दिनसम्म प्रतिक्षा अवधि कायम गरिएको छ ।
अस्तित्व अवधि : घातक रोग निरुपन अवधि ३० दिन कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS